काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि पोखरा एभेन्जर्सले इंग्ल्याण्डका एडम रोसिङ्गटनलाई अनुबन्ध गरेको छ ।
पोखरा एभेन्जर्सले सामाजिक सन्जालमार्फत एडमलाई अनुबन्ध गरेको जानकारी गराएको हो ।
३२ वर्षिय एडमले इंग्ल्याण्डको यू–१९ टिमबाट खेलिसकेका छन् भने उनीसँग पाकिस्तान सुपर लिग, बंगलादेश प्रीमियर लिग, भाईटालिटी ब्लास्ट जस्ता लिग खेलेको अनुभव छ ।
प्रतिक्रिया दिनुहोस