२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

आईसीसी विश्वकप लिग टु : नेपाल अमेरिकासँग १०६ रनले पराजित

आइतवार , कार्तिक ९, २०८२

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गत यूएई सिरिजअन्तर्गत पहिलो खेलमा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ ।

आइतबार भएको खेलमा अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९ ओभर १ बलमा १५६ रनमा समेटिएको हो ।

नेपालका लागि आसिफ शेखले ३७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरीले नट आउट ४० रन बनाए । त्यस्तै, आरिफ शेखले २० रन र भिम सार्कीले २९ रनको योगदान गरे ।

अमेरिकाका लागि हर्मित सिंहले सर्वाधिक ६ विकेट लिए । शुभम रन्जनले दुई विकेट लिँदा रुहिल गार्करले एक विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २६२ रन बनाएको थियो । अमेरिकाका स्मिथ पटेलले ७५ रनको अर्धशतकीय पारी खेले भने मिलन्थ कुमारले ७० रनको अर्धशतकीय पारी खेले । त्यस्तै, साइतेजा मुकामल्लाले ४२ रन बनाउँदा शुभम रन्जानेले १९ रन बनाए ।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले दुई विकेट लिए भने सोमपाल कामी, आरिफ शेख र दीपेन्द्र सिंह ऐरीले एक–एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट