२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

देउवा दम्पती आज राति सिंगापुर जाँदै

सोमवार , कार्तिक १०, २०८२

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज सिंगापुर जाने भएका छन् ।

सभापति देउवा र उनकी पत्नी कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा आज (सोमबार) उपचारका लागि सिंगापुर जाने भएका हुन् ।

देउवा दम्पती आज राति १० बजे सिंगापुर एयरलाइन्सबाट सिंगापुर जाने तय भएको छ ।

देउवाले यसबारे कार्यवाहक सभापति पूर्णबहादुर खड्कालगायतका कांग्रेस शीर्ष नेतालाई जानकारी गराएका छन् ।

जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते देउवा दम्पतीमाथि बूढानीलकण्ठस्थित आफ्नै निवासमा कुटपिट भएको थियो । त्यसपछि छाउनीस्थित सैनिक अस्पतालमा उपचार गराएका उनीहरु असोज २८ गते केन्द्रीय कार्यालयमा देखिएका थिए ।

देउवा तम्पती आज थप उपचारका लागि सिंगापुर जान लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ