२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

साम्बाको दुई गोलसँगै नेपालद्वारा भारत पराजित

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौँ । नेपालले त्रिदेशीय फुटबल प्रतियोगितामा घरेलु टोली भारतमाथि जित हासिल गरेको छ ।

भारतको शिलोङस्थित जवाहरलाल नेहरु स्टेडियममा आज भएको खेलमा कप्तान सावित्रा भण्डारी (साम्बा) को दुई गोलमार्फत नेपालले भारतलाई २–१ ले पराजित गरेको हो ।

सावित्राले खेलको दोस्रो मिनेटमै गोल गरी नेपाललाई पहिलो अग्रता दिलाइन् । विमला विकले मैदानको आफ्नै भागबाट दिएको लामो पासमा सावित्राले भारतीय डिफेण्डरलाई पछि पार्दै गोल गरेकी हुन् ।

त्यसपछि खेलको ६३औँ मिनेटमा सावित्राले नेपालको लागि दोस्रो गोल गरिन् । तर ८१औँ मिनेटमा करिश्मा सिरभोकरले भारतको लागि एक गोल गरिन् । त्यसपछि खेलमा गोल हुन सकेन र अन्तत नेपालको जित भयो ।

यस जितसँगै नेपाल त्रिदेशीय प्रतियोगिताको उप–विजेता बनेको छ । नेपालले पहिलो खेलमा इरानसँग ३–० को हार बेहोरेको थियो । पहिलो खेलमा इरानसँग २–० ले पराजित भएको भारतले कुनै पनि अङ्क जोड्न सकेन ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट