काठमाडाैं । आज भएको अनौपचारिक मैत्रीपूर्ण खेलमा नेपालले भारतविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको छ। सिक्किमको पाल्जोर स्टेडियममा बुधबार भएको अनअफिसियल मैत्रीपूर्ण खेलमा निर्धारित समय १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।
नेपालकी गोलरक्षक अञ्जना राना मगरले भारतका दुइवटा पेनाल्टी प्रहार बचाएपछि नेपालले जित निकाल्न सफल भयाे। नेपालले भारतलाई पेनाल्टीसुटआउटमा ३-० ले पराजित गरेको हो।
नेपाल विरुद्ध भारतले सुरुवाती अग्रता बनाएको थियो। तर पहिलो हाफमै नेपाल खेलमा फर्किने क्रममा इन्जुरी समयको दोस्रो मिनेटमा रश्मिकुमारी घिसिङले बराबरी गोल गरिन्।
सिक्किम राज्यको ५०औं स्थापना दिवसको अवसर पारेर नेपाल र भारतको महिला टिमबीच खेल आयोजना गरिएको हो।
प्रतिक्रिया दिनुहोस