काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग ५ विकेटले पराजित भएको छ ।
बिहीबार युएईको आईसीसी एकेडेमीमा भएको खेलमा नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गरेकाे हाे । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । त्यस्तै, अलिशान सराफुले ४५ बनाए भने मुहम्मद वासीमले २६ रन बनाए ।
बलिङमा नेपालका लागि सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो । कप्तान रोहित पौडेलले शतक हाने । रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । आसिफ शेखले ३५ रन बनाए । त्यस्तै, आरिफ शेखले २७ र दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।
यूएईका लागि जाहिद अलीले ४ विकेट लिए । जुनेद सिद्दिकीले ३ विकेट र मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।
नेपाल पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।
प्रतिक्रिया दिनुहोस