२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वनहरा नदीमा धमाधम पक्की पुल निर्माण हुँदै

शुक्रवार , कार्तिक १४, २०८२

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा धमाधम पक्की पुल निर्माण भइरहेको छ ।

दुवाहा–दमलपट्टी–चित्रपुर जोड्ने पुल २५ करोड ९६ लाख ३८ हजार ३४० को लागतमा निर्माणाधीन छ । हालसम्म ९० प्रतिशत निर्माण पूरा भएको महाकाली पुल आयोजनाका इन्जिनियर सन्तोष चन्दले बताए ।

पुल निर्माणसँगै नदी नियन्त्रणका सिलसिलामा पुल वरपर तटबन्धको काम पनि जारी छ । “नदी नियन्त्रणको आधा काम सकिएको छ र बाँकी आधा काम पनि तीव्र गतिमा भइरहेको छ”, इन्जिनियर चन्दले भने । आगामी मङ्सिरभित्र काम पूरा गर्ने लक्ष्य उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट