काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल ) को दोस्रो सिजनका लागि विश्व प्रसिद्ध दक्षिणी अफ्रिकी क्रिकेटर फाप डु प्लेसिसलाई अनुबन्ध गरेको घोषणा गरेको छ।
फाप डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटका सर्वाधिक सम्मानित खेलाडी मध्ये एक हुन्। उनीसँग कप्तानको रूपमा आफ्नो देश दक्षिण अफ्रिका र विश्व प्रसिद्ध लिग आइपिएलको फ़्रेन्चाइज आरसीबीलाई नेतृत्व गरेको अनुभव छ। उनले विश्व क्रिकेटमा उत्कृष्ट रणनीतिक सोच, स्थायित्व र आक्रामक ब्याटिंगका लागि उच्च सम्मान प्राप्त गरेका छन्।
“फाप डु प्लेसिस जस्ता विश्वस्तरीय खेलाडी आउनु बिराटनगर किंग्स र एनपीएलको लागि गर्वको कुरा हो। उनको आगमनले विराटनगर किंग्स र एनपीएलको लागि आउने दिनमा अन्य विश्वस्तरीय खेलाडी आउन अझ उत्साहित हुनेछन्” - टिम डाइरेक्टर दिपेन्द्र चौधरीले भने ।
विराटनगर किंग्स फाप डु प्लेसिसको साथमा एनपीएल सिजन टु का लागि नयाँ जोश र आत्मविश्वासका साथ मैदानमा उत्रिने तयारीमा छ।
प्रतिक्रिया दिनुहोस