२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कराते स्टार एरिका ५० हजारसहित सम्मानित

शनिवार , कार्तिक १५, २०८२

काठमाडौँ । नेपाली राष्ट्रिय कराते खेलाडी एरिका गुरुङ आज सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले उनलाई सम्मान गरेका हुन् ।

मलेसियामा भएको डब्लुकेएफ कराते सिरिज वानमा स्वर्ण पदक जितेकामा हौसलास्वरुप एरिकालाई नगद रु ५० हजारसहित प्रशंसापत्रबाट सम्मान गरिएको हो ।

एरिका डब्लुकेएफ सिरिज वानमा पदक जित्ने पहिलो नेपाली खेलाडीसमेत हुन् । मनमैजुमा भएको कार्यक्रममा मनमैजु डोजोका अध्यक्ष एवं संयोजक विकास राजवाहकलगायतको उपस्थिति थियो ।

एरिकाले नोभेम्बर अन्तिममा इजिप्टमा हुने विश्व कराँते च्याम्पियनसिपमा समेत खेल्दैछिन् । एरिकाले विश्वविद्यालय कोटामा इजिप्ट यात्रा पक्का गरेकी हुन् । उनीसँगै एकल कातामा सानुमाया थिङ पनि विश्व च्याम्पियनसिपमा सहभागी हुँदैछिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट