२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

फुटबल खेलाडी संघ र समर्थकद्वारा एन्फा कम्प्लेक्समा धर्ना

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं । नेपाली फुटबलको वर्तमान अवस्था प्रति गम्भीर चासो व्यक्त गर्दै नेपाल फुटबल खेलाडी संघ आवद्ध खेलाडी र समर्थकले अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका छन् ।

बिभिन्न बहानामा ए डिभिजन लिगलाई रोक्ने काम भएको र यसले नेपाली फुटवललाई नै असर गरेको भन्दै उनीहरुले बिहीबार एन्फा कम्प्लेक्स सातदोवाटोमा धर्ना दिएका हुन् । उनीहरुले छिटो भन्दा छिटो ए डिभिजन लिगलाई अघि बढाउन माग गरेका छन् । एन्फाको वर्तमान नेतृत्वका कारण खेलाडीहरूको भविष्य र नेपाली फुटबलको समग्र विकासमा नकारात्मक असर पारेको उनीहरुले नेतृत्व परिवर्तनको माग गरेका छन् ।

धर्नामा सहभागी फुटबल खेलाडी अञ्जन बिष्टले नेपालमा फुटबलको भविष्य राम्रो नहुदा खेलाडीहरु देश छाड्न बाध्य भएकाले यस्तो अवस्था आउन नदिन सवै गम्भीर हुनुपर्ने बताए ।

त्यस्तै फुटबल खेलाडी रोहित चन्दले फुटबल गतिविधि चलायमान हुनुपर्ने र नयाँ खेलाडीलाई स्वदेशमा नै अवसर दिनुपर्ने बताए ।

त्यस्तै फुटबल खेलाडी विराज महर्जनले फुटवल गतिविधिलाई निरन्तरता दिनका लागि प्रदर्शनमा उत्रनुपर्ने अवस्था आउनु दुखद भएकाले एन्फाले ध्यान दिनुपर्ने धारणा राखे ।

धर्नामा सहभागीहरुले मैदान भित्र र बाहिर फेयर प्ले, फुटबलमा क्यालेन्डर होइन, मैदान चाहियो, एन्फा जाग लगाएत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । ए डिभिजन लिग आगामी बर्षको पुसमा गर्ने निर्णय गरेपछि खेलाडी र समर्थकहरुले विरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट