२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

काठमाडौं मेडिकल कलेजकी सञ्चालक तथा अभियन्ता सोइना शर्मा सम्मानित

आइतवार , कार्तिक २३, २०८२

विराटनगर । विराटनगर जेसीजको जेसीज सप्ताह–२०२५ को समापन समारोहमा स्वास्थ्य सेवा क्षेत्रकी अग्रणी अभियन्ता तथा नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजकी सञ्चालक सोइना शर्मालाई सम्मान गरिएको छ।

विराटनगर जेसीजले शर्माले स्वास्थ्य सेवा क्षेत्रमा पुर्‍याएको योगदान, समर्पण र मानवीय सेवाभावको उच्च कदर गर्दै उनलाई “जेसीज सम्मान–२०२५” प्रदान गरेको हो।

समारोहमा वक्ताहरूले युवा अवस्थामा नै शर्माको नेतृत्व, इमानदारी र सामाजिक उत्तरदायित्वप्रतिको समर्पणको प्रशंसा गर्दै, उनले स्वास्थ्य सेवा क्षेत्रमा देखाएको दृढता र लगनशीलताले समाजमा प्रेरणादायी प्रभाव पारेको बताएका थिए।

विराटनगरका मेयर नागेश कोइरालाले सम्मान समारोहमा बोल्दै भने,“सोइना शर्माले स्वास्थ्य सेवा क्षेत्रलाई नाफा भन्दा पनि मानवीय संवेदनाको दृष्टिले अगाडि बढाउँदै आउनु भएको छ। उहाँ जस्ता व्यक्तिहरूको योगदानले नै हाम्रो समाजमा मानवताको उज्यालो फैलिएको छ। विराटनगर जेसीजको यस्तो सम्मानले सेवाभावलाई अझ प्रेरणा दिन्छ।”

शर्मा स्वास्थ्य क्षेत्रको व्यवस्थापन, सेवा विस्तार र जनहितका गतिविधिहरूमा सक्रिय रहँदै आएकी छिन्।

कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्व, सामाजिक अभियन्ता, युवा उद्यमी र जेसीजका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ