२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको कुरामा सत्यता छैन : स्वास्थ्यमन्त्री गौतम

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरामा सत्यता नरहेको बताएकी छन् । सोमबार भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव एवं नवनिर्मित प्रयोगशाला भवनको उद्घाटन गर्दै उनले स्वास्थ्य बीमाबाट पाइने निशुल्क औषधि गुणस्तरीय नभएको भन्ने कुरा भ्रमपूर्ण र गलत भएको त्यसमा विश्वास नगर्न आग्रह गरिन् ।

निजी औषधी व्यवसायीहरु मध्ये कसैले भ्रमपूर्ण कुरा फैलाएको हुन सक्ने भएकाले सजक रहन उनले आग्रह गरिन् । मन्त्री गौतमले बिमा कार्यक्रममा भएका समस्याहरु क्रमश सुधार गर्दै जाने प्रतिवद्धता जनाइन् ।

बिमा कार्यक्रम अन्तर्गतको भूक्तानी नभएको गुनासो केहि अस्पतालबाट आएको भन्दै उनले त्यसलाई छिटै समाधान गर्ने बताइन् । उनले सुशासन कायम गरेर सहज रुपमा सेवा दिनका लागि केन्द्रीत हुन आग्रह गरिन् ।

मन्त्री गौतमले स्वास्थ्य केन्द्रमा औषधी नभएको गुनासो आइरहेको भन्दै स्थानीय तहले निशुल्क औषधी उपलव्ध पाउने अवस्था बनाउनुपर्ने र यसमा केन्द्रले सहयोग गर्ने बताइन् । कार्यक्रममा बिभिन्न व्यक्तिहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ