२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपिएलको दोस्रो संस्करण सोमबारबाट सुरु हुँदै, सबै तयारी पूरा

आइतवार , कार्तिक ३०, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करण सोमबारबाट सुरु हुँदैछ ।

त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार अपरान्ह चार बजे सुरु हुने उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्नेछन् ।

एनपिएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने छन् । लिगका ९ खेल दिउसो र २३ खेल डे–नाइटमा हुने क्यानले जनाएको छ । मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछन् ।

एनपिएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरि आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट