ललितपुर । फोनपे नेपालको अग्रणी डिजिटल भुक्तानी नेटवर्कले नेपाल प्रिमियर लिग (NPL) सिजन-२ का लागि काठमाडौं गोर्खाजसँग प्लाटिनम प्रायोजकका रूपमा साझेदारी गरेको घोषणा गरेकाे छ।
यस सहकार्यमार्फत, फोनपेले राष्ट्रिय खेलकुदको प्रवर्द्धन, स्थानीय प्रतिभाको विकास, र देशभरका समुदायसँगको संलग्नताप्रति आफ्नो प्रतिबद्धतालाई अझ मजबुत बनाएको कम्पनीले जनाएकाे छ। यो प्रायोजन फोनपेले युवालाई सशक्त बनाउने र खेलकुदमार्फत एकता, अनुशासन, र उत्साहको संस्कृतिलाई प्रवर्द्धन गर्ने दीर्घदृष्टिसँग पनि मेल खान्छ।
फोनपेका सीईओ दिवास कुमारले भने, “हामी एनपीएल सिजन २ मा काठमाडौं गोर्खाजलाई समर्थन गर्न पाउँदा गर्व गर्छौँ। फोनपेले युवालाई प्रेरणा दिने, राष्ट्रिय गौरव बढाउने, र सुरक्षित तथा सहज डिजिटल भुक्तानी प्रयोगलाई प्रवर्द्धन गर्ने पहलहरूलाई निरन्तर अघि बढाइरहेको छ। हामी विश्वास गर्छौँ कि खेलकुदले मानिसहरूलाई एकत्रित गर्छ, र यस्तै भावना बोकेको टोलीसँग साझेदारी गर्न पाउँदा हामी उत्साहित छौँ।”
फोनपेप्रतिको आभार व्यक्त गर्दै, यो समर्थनले टोलीलाई आगामी प्रतिस्पर्धात्मक सिजनका लागि थप उर्जावान र आत्मविश्वासी बनाएको काठमाडौं गोर्खाजले जनाएकाे छ।
प्रतिक्रिया दिनुहोस