२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

मक्काबाट मदिनातर्फ जाँदै गरेको बस दुर्घटनामा ४२ भारतीयको मृत्यु

सोमवार , मंसिर १, २०८२

काठमाडौं । मक्काबाट मदिनातर्फ जाँदै गरेको बस दुर्घटनामा ४२ भारतीय यात्रुहरूको मृत्यु भएको छ। साउदी अरबमा सोमबार हैदराबादका यात्रुहरूलाई मक्काबाट मदिना लैजाँदै गरेको बस दुर्घटनामा परेको हो। मृतकमध्ये २० महिला र ११ बालबालिका रहेका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार बस डिजेल ट्याङ्करसँग ठोक्किएपछि आगो लागेको थियो। प्रारम्भिक रिपोर्टअनुसार मृत्यु हुने सबै भारतीय नागरिक छन्। धेरैजसो यात्रुहरू हैदराबादबाट तीर्थयात्राका लागि गएका थिए।

दुर्घटना मदिनाबाट करिब १६० किलोमिटर टाढा मुहरास नजिक भारतीय समयअनुसार राति करिब १ः३० बजे भएको थियो। अधिकांश यात्रुहरू सुतिरहेको अवस्थामा दुर्घटना भएकोले आगो फैलिँदा मानवीय क्षति बढेको बताइएको छ।

तेलंगाना सरकारले रियादस्थित भारतीय दूतावाससँग लगातार सम्पर्कमा रहेको छ। मुख्यमन्त्री रेवन्त रेड्डीले दिल्लीस्थित अधिकारीहरूलाई दूतावाससँग समन्वय गरी पीडितहरूको पहिचान र अन्य औपचारिकतामा सहयोग गर्न निर्देशन दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट