२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले हरायो

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ५ विकेटले पराजित गरेको छ ।

टीयु क्रिकेट मैदानमा जनकपुरले दिएको १३१ रनको लक्ष्य पछ्याएको काठमाण्डुले १८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

काठमाडौंका बेन चार्ल्सवर्थले ४६ रन बनाए । त्यस्तै, आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जोन सिम्पसनले १३ रन बनाए ।

बलिङमा जनकपुरका किशोर महत्तो, अनिलकुमार शाह, ललित राजवंशी, जान निकोल लोफ्टी इन्टोन र सञ्जय कृष्णमूर्तिले एक–एक विकेट लिए ।

टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३० रन बनाएको थियो । जनकपुरका लागि ओपनर आसिफ शेखले ५४ रन बनाए । त्यस्तै, ओपनर लाहिरु मिलान्था ७ रन बनाए ।

बलिङमा जनकपुरका मिलिन्द कुमारले सर्वाधिक ३ विकेट लिए । त्यस्तै, करण केसी, शाहव आलम र सन्तोष यादवले एकएक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट