काठमाडौं । नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको छ । टीयु क्रीकेट मैदानमा कर्णालीले दिएको १६७ रनको लक्ष्य पछ्याएको चितवनले १९ ओभर १ बलमा ६ विकेट गुमाएर पूरा गरेको हो ।
चितवनका रवि बोपराले अर्धशतक प्रहार गरे । उनले ३५ बलमा ५२ रन बनाए । त्यस्तै, दीपक बोहराले ४२, सैफ जैब ३८ र कुशल मल्लले २० रन बनाए ।
बलिङमा कर्णालीका सोमपाल कामीले २ विकेट लिए । त्यस्तै, युनिस सिंह ठकुरी, मार्क वाट र युवराज खत्रीले समान एक–एक विकेट लिए ।
टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६६ रन बनाएको थियो । कर्णालीका ओपनर प्रियांक पन्चालले सर्वाधिक ९० रन बनाए । त्यस्तै, म्याक्स ओुडाउड २०, मार्क वाट १६, पवन सरार्फले २७ रन बनाए ।
चितवनका लागि बलिङमा शोहिल तन्विर, रवि बोपारा र सैफ जैबले समान एक–एक विकेट लिए ।
प्रतिक्रिया दिनुहोस