२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

चितवन राइनोजले लुम्बिनी लायन्सलाई दियो १४३ रनको लक्ष्य

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ । टीयु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १४२ रन बनाएको हो ।

यसका लागि रबि बोपाराले अर्धशतक प्रहार गरे । बोपाराले ५५ बल खेल्दै ४ चौका र ३ छक्काको मदतमा सर्वाधिक ६६ रन बनाए । यस्तै, कप्तान कुशल मल्लले २१ रन जोडे । सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाए ।

बलिङमा लुम्बिनीका रुबेन ट्रम्पलम्यानले ३ विकेट लिए । युवा स्पीनर अभिशेष गौतमले २ विकेट लिए भने गुल्बदिन नइबले पनि २ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट