२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

हसिनाको मृत्युदण्ड विरोधमा देशव्यापी आन्दोलन घोषणा

बुधवार , मंसिर १०, २०८२

काठमाडौं । बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइिएको मृत्युदण्डको सजायको विरोधमा उनका समर्थकहरूले देशव्यापी आन्दोलन सुरु गर्ने घोषणा गरेका छन्।

उनको पार्टी अवामी लिगले मंगलबार (नोभेम्बर २५)  देखि नोभेम्बर ३० सम्म देशभर विरोध प्रदर्शन तथा प्रतिरोध मार्च सञ्चालन गर्ने घोषणा गरेको हो।

पार्टीले न्यायाधिकरणको निर्णयलाई “अवैध न्यायाधिकरणको अवैध फैसला” भन्दै यसलाई पूर्ण रूपमा राजनीतिक षड्यन्त्रको उपज बताएको छ।

नोभेम्बर १७ मा बंगलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले ७८ वर्षीया शेख हसिना र तत्कालीन गृहमन्त्री असदुज्जामान खान कमाललाई मानवताविरुद्धका अपराधमा दोषी ठहर गर्दै फाँसीको सजाय सुनाएको थियो।

दुवै नेताको मुद्दा उनीहरूको अनुपस्थितिमा नै चलाइएको हो। हसिना हाल भारतमा बसेको बताइन्छ भने कमाल पनि भारतमै लुकेको आशंका गरिएको छ।

गत वर्ष अगस्ट ५ मा विद्यार्थी नेतृत्वको ‘जुलाई विद्रोह’ नामक हिंसात्मक आन्दोलनले शेख हसिनाको अवामी लिग सरकार पतन भएको थियो। जुलाई १५ देखि अगस्ट १५ सम्म चलेको त्यो आन्दोलनमा झण्डै १४ सय मानिस मारिएका थिए।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट