एजेन्सी । हङकङको ताई पोस्थित एक आवासीय क्षेत्रमा बुधबार भीषण आगलागी हुँदा ठूलो जनधनको क्षति भएको छ। अहिलेसम्म ४४ जनाको मृत्यु पुष्टि गरिएको छ भने २७९ जना सम्पर्कविहीन रहेका बीबीसीले उल्लेख गरेको छ ।
बिहीबार बिहानसम्म कम्प्लेक्सको आठवटामध्ये चार ब्लकको आगो नियन्त्रणमा ल्याइएको हङ्कङ अधिकारीहरूले जनाएका छन्। बाँकी चार ब्लकमा दमकलकर्मीले आगो निभाउन निरन्तर प्रयास गरिरहेका छन्।
केही ब्लकमा बिहानैसम्म पनि धुँवा निस्किरहेकाले पूर्ण नियन्त्रण हुन समय लाग्ने बताइएको छ। दमकल विभागले बिहीबार साँझभित्र आगो नियन्त्रणमा आउने आशा व्यक्त गरेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, आगलागी वाङ फुक कोर्ट नामक हाउजिङ कम्प्लेक्समा लागेको हो, जहाँ आठ ब्लकमा करिब २,००० फ्ल्याट रहेका छन्।
प्रतिक्रिया दिनुहोस