२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

कार्यालय समयमा अस्पताल बाहिर गएर सेवा नदिने गतिविधि तत्काल बन्द गर्न स्वास्थ्यमन्त्रीको कडा निर्देशन

बुधवार , मंसिर १७, २०८२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले कार्यालय समयमा अस्पताल बाहिर गएर सेवा नदिने गतिविधि तत्काल बन्द गर्न चिकित्सकहरुलाई कडा निर्देशन दिएकी छन् ।

बुधबार विराटनगरस्थित कोशी अस्पतालको आकस्मिक निरीक्षण तथा अनुगमन गर्दै मन्त्री शर्माले सेवा प्रवाहमा देखिएका कमजोरीप्रति असन्तुष्टि प्रकट गरिन् । निरीक्षणपछि अस्पतालका चिकित्सक तथा व्यवस्थापनसँगको छलफलमा मन्त्री शर्माले सरकारी अस्पतालमा चिकित्सकहरू कार्यालय समयमा समेत नभेटिने गुनासो बारम्बार आउने गरेको उल्लेख गर्दै त्यसप्रति सचेत रहनु आवश्यक रहेको बताइन् ।

सरकारी अस्पतालमा सेवा लिन आउने गरीब तथा विपन्न बिरामीले छिटोछरितो उपचार पाउनुपर्ने भन्दै उनले त्यसका लागि सबै स्वास्थ्यकर्मीले सेवा प्रवाहमा थप सक्रियता देखाउनुपर्ने धारणा राखिन् ।

सो क्रममा कोशी अस्पतालकी मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुणा झाले स्थान अभावका कारण आवश्यक सेवा विस्तार गर्न कठिनाइ भएको बताइन् । निरीक्षणका क्रममा मन्त्री शर्माले अस्पतालमा निर्माणाधीन भवनहरूको प्रगति, आवश्यक संरचनाको अवस्थाबारे विस्तृत जानकारी लिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ