२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज भारत भ्रमणमा आउँदै, सुरक्षा व्यवस्था कडा

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन आज (बिहीबार) दुई दिवसीय भ्रमणका लागि भारत आउँदै छन्। उनी भारतीय समयअनुसार अपराह्न ४ बजे नयाँ दिल्ली पुग्नेछन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुटिनको भ्रमणको क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कयौं द्विपक्षीय मुद्दामा छलफल हुने कार्यक्रम तय गरिएको छ।

पुटिनको भ्रमणलाई मध्यनजर गर्दै भारत सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। सबै सुरक्षा निकायहरू ‘हाई अलर्ट’मा राखिएका छन्। सुरक्षा एजेन्सीहरूले पुटिनको आगमनदेखि फिर्ता हुनेसम्म हरेक गतिविधि निगरानीमा राख्ने योजना बनाएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट