२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

वाईफाई नेपालले ल्यायो ‘पारस दाईको मौकामा चौका’ अफर, १२ महिना बोनस सेवा

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । नेपालकै उदयमान, सस्तो र भरपर्दो फाइबर इन्टरनेट सेवा प्रदायक “वाई-फाई नेपाल” ले नेपाल प्रिमियर लिग (NPL) २०२५ को अवसरमा “पारस दाईको मौकामा चौका” अभियान ल्याएको छ।

यस अफर मार्फत उच्च गतिको, भरपर्दो इन्टरनेट सेवालाई उचित मूल्यमा उपलब्ध गराउने उद्देश्य राखिएको छ।

यस विशेष अभियान अन्तर्गत, २०० Mbps इन्टरनेट प्याकेज लिने ग्राहकहरूले १२ महिनाको प्याकेज खरिद गर्दा १२ महिनाको नि:शुल्क बोनस इन्टरनेट प्राप्त गर्नेछन्। यसको अर्थ ग्राहकहरूले एक वर्षको मूल्यमा २४ महिनाको उच्च गतिको इन्टरनेटको मज्जा लिन सक्छन्।

बोनस इन्टरनेटसँगै ग्राहकहरूले कुनै अतिरिक्त शुल्क बिना नि:शुल्क Nokia 5GHz Dual-Band Router पनि प्राप्त गर्नेछन्, जसले अझ राम्रो गति , बलियो कभरेज तथा स्थिर इन्टरनेट सेवा सुनिश्चित गर्दछ। त्यो पनि मात्र रु. ११,७५० (भ्याट सहित) मा उपलब्ध छ। वाईफाई नेपालले आफ्नो यस अफरमा ब्रान्ड एम्बासडर पारस खड्कालाई फीचर गर्दै, फ्यानहरूका बीच NPL को उत्साहलाई अझ बढाइरहेको छ।

यस विशेष अफर मार्फत वाईफाई नेपालले देशभरका घरपरिवारहरूलाई उच्च-गति को इन्टरनेट, सहज कनेक्टिभिटी र उत्कृष्ट मूल्य प्रदान गर्ने लक्ष्य लिएको छ।

कम्पनीका अनुसार, “यो अफर NPL २०२५ को उत्सव मनाउने र आफ्ना ग्राहकहरूलाई केही विशेष प्रदान गर्ने हाम्रो प्रयास हो। २०० Mbps इन्टरनेट, नि:शुल्क Dual-Band Router र एक वर्ष र्षको बोनस सेवासहि त हामी सबैका लागि गुणस्तरीय इन्टरनेटलाई अझ सुलभ र कि फायती बनाउने प्रति वद्धता व्यक्त गर्दछौं।”

“पारस दाईको मौकामा चौका” अफर मंसि र २९, २०८२ सम्म लागू हुनेछ र यसमा सम्बन्धित नियम तथा सर्तहरू लागू हुनेछन्।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ