२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

क्यानका पूर्व महानिर्देशक अधिकारीसँग ५ लाख धरौटीमा रिहा

मंगलवार , मंसिर २३, २०८२

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीसँग विशेष अदालतले पाँच लाख धरौटी माग गरेको छ ।

मंगलबार विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको इजलासले अधिकारीलाई पाँच लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई विशेषले धरौटीमा छाड्न आदेश दिएको हो ।

तर, यो आदेशले भने उनी रिहा हुने छैनन् । भक्तपुरको नलिन्चोकस्थित हेलिपोर्ट निर्माणको भ्रष्टाचार मुद्दामा उनी पुर्पक्षको लागि थुनामै रहने छन् । उनी हाल डिल्लीबजार कारागारमा छन् ।

भक्तपुरको नलिञ्चोक हेलिपोर्ट निर्माणमा भ्रष्टाचार गरेको आरोपमा मंसिर १७ गते उनीहरूविरूद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

विशेषले पोखरा विमानस्थल भ्रष्टाचार मुद्दामै नागरिक उड्डयन प्राधिकरणका पूर्वनिर्देशक मुरारी भण्डारीसँग एक लाख धरौटी माग गरेको छ ।

अधिकारीसहित ६ जना र एउटा कम्पनी विरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको थियो । यी प्रतिवादीविरूद्ध १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँविरूद्ध बिगो कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट