२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

स्वाद र सहुलियतको फ्युजन : कोइला रेष्टुरेन्टको 'कम्बो सेट'

बिहिवार , मंसिर २५, २०८२

काठमाडौं । खानाका पारखीहरूका लागि काठमाडौंमा सही गन्तव्य बनेको छ—'कोइला मल्टी क्युजिन रेष्टुरेन्ट'। विगत ६ वर्षदेखि स्वादिष्ट परिकार पस्किँदै आएको कोइलाले जाडो मौसमलाई लक्षित गरी विशेष फ्यामिली कम्बो सेट सार्वजनिक गरेको छ। काठमाडौंको सोह्रखुट्टे खुशीबु, शंखमूल र गट्ठाघरस्थित तीनै ब्रान्चबाट यो कम्बो सेट उपलब्ध छ। म्यानेजिङ डिरेक्टर पेसल कार्कीका अनुसार सबै शाखामा एकै स्वाद र एकै सुविधा सुनिश्चित गरिएको छ।

[caption id="attachment_394894" align="alignnone" width="1600"] पेसल कार्की, म्यानेजिङ डिरेक्टर[/caption]

जाडो स्पेशल कम्बो सेटमा के छ ?

जाडो मौसमलाई मध्यनजर गर्दै कोइलाले हड्डी सुप मम, बिरयानी, मुस्ताङ आलु, चिकेन सेकुवा र चिकेन तन्दुरी समेटेर पाँच आइटमको विशेष कम्बो सेट तयार पारेको छ। यसको मूल्य २२ सय रुपैयाँ तोकिएको छ। काठमाडौंभर डेलिभरी सेवा दिँदै आएको कोइलाको यो कम्बो सेट ग्राहकहरूको प्रमुख रोजाइमा परेको कार्की बताउँछन्। यो कम्बो सेट चार वर्षअघि सुरु गरिएको हो, र काठमाडौंमा कम्बो सेटको सुरू गर्ने श्रेय पनि कोइलाकै भएको कार्कीको दाबी छ। ग्राहकको स्वाद र स्वास्थ्यलाई मध्यनजर गर्दै यहाँको परिकारमा टिपिकल नेपाली मसला प्रयोग गरिने कार्की बताउँछन् ।

कोइलामा पक्कु खाना सेट पनि निकै चर्चित छ। यसमा पक्कुसँगै नेपाली स्वादको मटन करी समावेश गरिएकाले विशेषगरी मासु मन पराउने ग्राहकहरूबीच यो सेट निकै लोकप्रिय भएको कार्कीको भनाइ छ।

कोइलाको यात्रा

कोइलाको यात्रा ६ वर्षअघि सोह्रखुट्टे खुशीबुबाट सुरु भएको हो। ३०–३५ जना अट्ने पाँचवटा टेबुलबाट सुरु भएको रेष्टुरेन्टले धेरै ग्राहकको आकर्षण पाएपछि शंखमूल दोभानपुलमा ३०० जना क्षमताको दोस्रो ब्रान्च स्थापना गर्यो। यहाँ बफेट सेवा समेत उपलब्ध छ, साथै पास्नी, इन्गेजमेन्टलगायत विभिन्न इभेन्टहरू पनि आयोजना गरिन्छ। त्यसपछिको सफलतासँगै भक्तपुरको गट्ठाघरमा तेस्रो ब्रान्च सञ्चालनमा ल्याइयो, जहाँ एकैपटक १५०–२०० जनाले सेवा लिन सक्छन्।

तीनै ब्रान्च काठमाडौंका मुख्य स्थानलाई केन्द्रमा राखेर सञ्चालन गरिएका र समान स्वाद तथा समान सेवा प्रदान गर्ने लक्ष्यसहित चलाइएको कार्की बताउँछन्। अहिले कोइलामा १०० भन्दा बढीले रोजगारी पाएका छन्।

कोइलाको विशेषता भनेको—थोरै बजेटमै ५–७ जनाको परिवार सन्तुष्ट हुने गरी प्रशस्त र गुणस्तरीय परिकार प्राप्त हुनु हो। सस्तो मूल्य राखिए पनि स्वाद, गुणस्तर र मात्रामा भने कुनै पनि सम्झौता नगरिएको म्यानेजिङ डिरेक्टर कार्कीको दाबी छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ