काठमाडौं । काठमाडौं विश्वविद्यालय अन्तर्गतको एमबीबीएस कार्यक्रममा सवै भन्दा उत्कृष्ठ नतिजा ल्याएर डा. सुनिल शर्माको नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका गौरव सिंह साउद स्वर्ण पदक विजेता भएका छन् ।
हिजो मिति २०८२ मंसिर २४ गते सम्पन्न काठमाडौं विश्वविद्यालयको ३१औं दिक्षान्त समारोहमा उनलाई उपकुलति स्वर्ण पदक प्रदान गरिएको हो ।
सन् २०१८ ब्याचका डा. गौरव सिंह साउदले ८५.४७ प्रतिशत सहित काठमाडौं विश्वविद्यालय अन्तर्गतका सवै मेडिकल कलेजहरुमध्ये सवैभन्दा उत्कृष्ठ नतिजा ल्याएका थिए । दिक्षान्त समारोहमा काठमाडौं विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री सम्माननीय सुशिला कार्की तथा उपकुलपति प्रा. डा. अच्युत प्रसाद वाग्लेले उनलाई डिग्री तथा उपकुलपति स्वर्ण पदक प्रदान गरेका थिए ।

काठमाडौं विश्वविद्यालयले बार्षिक दुई चरणमा गर्न थालेको दिक्षान्त समारोहमा यो वर्षको पहिलो दिक्षान्त समारोहमा नोवेल मेडिकल कलेज टिचिङ हस्पिटलबाट एमडीएमएस तर्फ ७ जना, एमबीबीएस तर्फ ६६ जना र बीडीएस तर्फ ८ जना दिक्षित भएका छन् ।
नोबेलमा पहिलो पटक सुरु भएको मास्टर्स इन मेडिकल रिसर्चका ४ जना विद्यार्थीहरु पनि सत् प्रतिशत नतिजासहित दिक्षित भएका छन् ।
यस अघि पनि नोवेलका विद्यार्थीहरुले उत्कृष्ठ नतिजासहित एमबीबीएस कार्यक्रममा उपकुलपति स्वर्ण पदक हाँसिल गर्न सफल भई सकेको छन् ।
प्रतिक्रिया दिनुहोस