काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी दोस्रो क्वालिफायरमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनाएको हो ।
लुम्बिनीका लागि ओपनर डार्शी शर्टले ४५ रन बनाए । कप्तान रोहितकुमार पौडेलले ३४ रन बनाए । ओपनर दिनेश अधिकारी १ रनमा आउट भए ।
बलिङमा विराटनगरका सुवास भण्डारीले ३ विकेट लिए । प्रतिश जिसीले ३ विकेट लिए भने कप्तान सन्दीप लामिछानेले २ विकेट लिए ।
आज विजयी हुने टोली फाइनलमा पुग्नेछ । विजयी टोलीले उपाधिका लागि सुदूरपश्चिमको सामना गर्नेछ ।
प्रतिक्रिया दिनुहोस