२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

एनपीएल सिजन–२ को उपाधि लुम्बिनीलाई, सुदूरपश्चिम बन्यो लगातार दोस्रोपटक उपविजेता

शनिवार , मंसिर २७, २०८२

काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ । फाइनलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई हराउँदै लुम्बिनीले उपाधि जित्न सफल भएको हो । यससँगै सुदूरपश्चिम एनपीएलमा लगातार दोस्रोपटक उपविजेतामा सिमित बन्यो ।

शनिबार भएको फाइनल खेलमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

लुम्बिनीका ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रन बनाए । त्यस्तै, डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र निरोशन डिक्वेलाले ११ रन बनाए ।

बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई विकेट लिए । अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो ।

सुदूरपश्चिमका लागि इशान पाण्डेले सर्वाधिक ३३ रन बनाए । कप्तान दीपेन्द्रले १३ रन बनाए । त्यस्तै, हर्मित सिंह र स्कट कुगेलेइनले समान १० रन जवोडे ।

लुम्बिनीका रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए । तिलक भण्डारीले १ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट