२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि

आइतवार , मंसिर २८, २०८२

काठमाडौं । नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप पुस ११ देखि काठमाडौंमा आयोजना हुने भएको छ ।

नेपाल भलिबल संघ (एनभीए) ले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नवौँ एनभीए च्याम्पियनसि पुस ११ देखि १९ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगलाको कभर्डशलमा हुने जानकारी दिएको हो । प्रतियोगीतामा पुरुषतर्फ कम्तीमा १२ र महिलातर्फ कम्तीमा ८ टीमको सहभागीता हुने नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्दले जानकारी दिए ।

प्रतियोगिताबाट शीर्ष ८ पुरुष र शीर्ष ६ महिला टिम दशौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय लिगमा छनोट हुने उनले बताए । च्याम्पियनसिपमा भाग लिनका लागि प्रदेश र क्लवलाई आह्वान गरिएको संघले जनाएको छ । अध्यक्ष चन्दले देशभरका खेलाडीहरुलाई प्रोत्साहन र अवसर प्रदान गर्ने गरि सवै क्लवहरुलाई सहभागी गराउने बताए ।

प्रतियोगिताको दुवैतर्फको विजेताले नगद ५ लाख प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख ५० हजार र तेस्रोले १ लाख २५ हजार प्राप्त गर्ने संघले जनाएको छ ।

त्यसैगरि सर्वोत्कृष्ट खेलाडीले समान २५ हजार तथा विधागत उत्कृष्ट खेलाडीले १५–१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

च्याम्पियनसिप लिग कम नकआउटको आधारमा खेलाइने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट