काठमाडौँ । टी–२० वर्ल्डकपको खेल उत्सवको उमङ्गलाई थप उचाइमा पुर्याउन नेपालको सर्वाधिक विश्वासिलो ब्रान्ड सिजी (CG Brand) ले "सिजीको साथमा, वर्ल्डकप टिकट हातमा" "#LevelUP!withCG भन्ने मूल नाराका साथ आफ्नो नयाँ उपहार योजना सार्वजनिक गरेको छ ।
आगामी आईसीसी टी–२० वर्ल्डकप (ICC T20 World Cup) को उत्साहलाई मध्यनजर गर्दै ल्याइएको यस योजना अन्तर्गत ग्राहकहरूले सिजी ब्रान्डका सामानहरूको खरिदमा हातखाली नजाने पक्का उपहारहरू (Sure Shot Gifts) र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन् ।
कम्पनीका अनुसार, बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन् । यो योजनामा सहभागी हुन CG [space] Warranty Card no. [space] Product Name [space] Customer Name [space] Address टाइप गरेर ३१००३ (31003) मा SMS पठाउनुपर्नेछ र लक्की ड्र मार्फत विजेताहरू छनोट गरिनेछ ।
विजेताले ५ दिने मुम्बई भ्रमण (5 Days Full Trip to Mumbai) को अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट, तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर (City Tour) र मुम्बईको वानखेडे स्टेडियममा हुने 'नेपालको खेलको टिकट समावेश गरिएको छ ।
कम्पनीले जनाए अनुसार, बम्पर उपहार बाहेक सिजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हातखाली नजाने गरी निम्न पक्का उपहारहरू (Sure Shot Gifts) प्राप्त गर्न सक्नेछन् । जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट (Cooking Kit), सिजी तथा सिजी मेरिडिया (CG Meridia) को ४३ इन्च (43") भन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी (NetTV) सब्स्क्रिप्शन, त्यसको साथसाथै सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिन (Front Load Washing Machine) को खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिन (Top Load Washing Machine) को खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल (CG Kettle) प्राप्त गर्न सक्नेछन् ।
यो योजना मंसिर २९ गतेदेखि नेपाल अधिराज्यभर सीमित अवधिको लागि लागू गरिएको कम्पनीले जनाएकाे छ ।
४० वर्षभन्दा बढी समयदेखि नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा अग्रणी भूमिका निर्वाह गर्दै आएको सीजी इलेक्ट्रोनिक्सले गुणस्तरीय उत्पादन, नवप्रवर्तन र उत्कृष्ट सेवा मार्फत लाखौं नेपाली परिवारको विश्वास जितेको छ ।
देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत कम्पनीले बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ । साथै, ग्राहकहरूका सुविधाका लागि कम्पनीले आफ्नो आधिकारिक वेबसाइट www.cgdigital.com.np मार्फत अनलाइन बिक्री सेवा पनि प्रदान गर्दै आएको छ । यस सञ्जालले ग्राहकलाई छिटो, भरपर्दो र प्राविधिक रूपमा दक्ष सेवा प्रदान गर्दै, सीजी ब्रान्डलाई गुणस्तर र विश्वसनीयताको पर्याय बनाएको छ ।
प्रतिक्रिया दिनुहोस