कृष्ण पौडेल/काठमाडौँ ।
आज मैले एउटा सपना बेचे
र जीवनबाट खुशीका क्षणहरू किने ।
मैले आकाशलाई रंगले भरे
वर्षासँग बोले
मैले सुनिन
तर, यो अकथित नै रह्यो।
मैले चाहनाको धागोको पाना बुने
र त्यसलाई कुँदे
रेशमी धागोहरूलाई भावनाहरूसँग जोडे ।
आज म बादलभन्दा पर उडेर ताराहरू भाँचे
म गहिरो मुस्कुराएँ
तर सबैले यसलाई हल्का मुस्कान भने।
मैले चन्द्रमाको गाग्रोलाई अलिकति झुकाएँ
चन्द्रमाको उज्यालोको मीठो
मादक थोपाहरूको स्वाद लिए
जीवनको पीडा र दुःखको स्वादिष्ट खाना जस्तो त्यो स्वाद कहाँ छ र ?
सुन !
केही नदेखिएका सपनाहरू बाँकी छन्
मैले ती सपनाहरूलाई शब्दमा उतार्नै पर्छ
मैले अब केही कविताहरू लेख्नुपर्छ
म ती सपनाहरू बेच्ने छैन
कहिलेकाही कोही मेरो हृदयविदारक कुरा पढ्न आउँछन्
सायद यो ढोकाबाट सान्त्वना बटुल्दै।
प्रतिक्रिया दिनुहोस