काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका ग्राहकहरू र बैंकमा कार्यरत कर्मचारीहरुलाई ब्ल्याक हर्स इण्डष्ट्रिज प्रालिले छुटको व्यवस्था गरेको छ ।
काठमाडौंको नागार्जुनमा रहेको जुत्ता उत्पादन उद्योग श्री ब्ल्याक हर्स इण्डष्ट्रिजले उत्पादन र विक्री गर्ने गरेको 'ब्ल्याक हर्स' ब्राण्डका विभिन्न किसिमका जुत्ताहरुको खरिद गर्दा लाग्ने शुल्कमा बिल रकममा १० देखि २० प्रतिशतसम्म छुट हुने व्यवस्था गरिएको हो ।
सम्झौता पत्रमा मिति २०८२ साल पौष ३० गते बैंकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजनका प्रमुख निर्मल सुवेदी र श्री ब्ल्याक हर्स इण्डष्ट्रिजको तर्फबाट प्रबन्ध निर्देशक चिन बहादुर श्रेष्ठले हस्ताक्षर गरे ।
प्रतिक्रिया दिनुहोस