२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

तोलामा ५ हजार ६ सय रुपैयाँले बढ्यो सुन, कतिले बढ्यो चाँदी ?

आइतवार , फाल्गुण १०, २०८२

काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा ५ हजार ६ सय रुपैयाँ वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ३ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन शुक्रबार ३ लाख ४ हजार ७ सय रुपैयाँमा प्रतितोला सुन कारोबार भएको थियो । यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै, आज चाँदीको भाउ तोलामै ३७५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन ५ हजार ४२५ रुपैयाँ पुगेको छ । यसअघि माघ १५ गते चाँदी प्रतितोला ७ हजार ५०५ रुपैयाँको रेकर्ड बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट