२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

चालू आर्थिक बर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुन्छ : विष्णु पौडेल

बुधवार , फाल्गुण १३, २०८२

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वमन्त्री विष्णुप्रसाद पौडेलले चालू आर्थिक बर्षका लागि विनियोजित बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।

बुधबार बुटवलमा आयोजना गरिएको ‘खेलाडीसंग विष्णु प्रसाद पौडेल’ कार्यक्रममा पौडेलले आर्थिक वर्ष २०८२–८३ का लागि आफुले ल्याएको बजेट संसदमा प्रस्तुत भई पारित समेत भएको अवस्थामा बजेट पूर्णरुपमा कार्यान्वयन हुने बताएका हुन् ।

उनले बजेटमा उल्लेख कतिपय बिषयलाई वर्तमान सरकारले रद्द नभइ होल्ड मात्रै गरेकाले होल्ड गरिएको निर्णय छिट्टै खुला हुने जिकिर गरे । उनले रुपन्देही क्षेत्रका विकास आयोजनाका लागि छुट्याइएको रकम समेत कार्यान्वयनमा जाने उल्लेख गरे ।

रुपन्देही निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार समेत रहेका पौडेलले रुपन्देहीमा उपयुक्त स्थान पहिचान गरी अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने, जिल्लालाई स्पोट्र्स हबका रूपमा विकास गर्ने लगाएतका योजना रहेको बताए ।

उनले प्रदेशको गौरव आयोजनाका रूपमा रहेको उजिरसिंह रंगशालाका लागि बजेट सुनिश्चित भइसकेको भन्दै बाँकी प्रक्रिया पूरा गरी छिट्टै अघि बढ्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट