काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ ।
बुधबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला ६ सय रूपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज प्रतितोला चाँदीमा १० रुपैयाँको वृद्धि भएको हो । बुधबार प्रतितोला पाँच हजार सात सय १५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस