२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

५ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य, चाँदीको कति ?

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौँ । नेपाली बजारमा साताको पहिलो दिन आइतबार ५ हजार ६ सय रुपैयाँले सुनको मूल्यमा वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँमा प्रतितोला सुन कारोबार भएको थियो।

त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको हो । इरानमाथि भएको आक्रमणको भोलिपल्ट बहुमूल्य धातुको मूल्य उकालो लागेको व्यवसायीहरूको भनाइ छ।

शनिबार इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेका थिए । लगत्तै इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न अमेरिकी वेशहरुमा जवाफी आक्रमण गरेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट