काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन ३ लाख १७ हजार रुपैयाँ कायम भएको छ।
आज एकै दिन सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले बढेको हो। सोमबार सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी प्रतितोला ३१० रुपैयाँले बढेको महासंघले जनाएको छ। आज चाँदीको मूल्य प्रतितोला ५ हजार ७२० रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस