काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ लाख ९ हजार ४०० रुपैयाँ कायम भएको छ। शुक्रबार भने यही सुनको मूल्य तोलामा ३ लाख १४ हजार २०० रुपैयाँ थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदी तोलामा ५ हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। शुक्रबार भने चाँदीको मूल्य तोलामा ५ हजार ४९५ रुपैयाँ थियो। यो अवधिमा चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेको छ।
प्रतिक्रिया दिनुहोस