२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने

बिहिवार , चैत्र १९, २०८२

काठमाडौं । सरकारले राजस्व चुहावट नियन्त्रणलाई अभियानको रुपमा सञ्चालन गर्ने भएको छ ।

बिहीबार अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकले राजस्व चुहावट रोक्नका लागि अभियानको रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बैठकमा राजस्व चुहावटका रोक्नका लागि बिभिन्न बिभागहरुले गरिरहेका कामका बारेमा सम्बन्धीत निकायका प्रमुखहरुले जानकारी गराएका थिए । बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शुन्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएक थिए । त्यस्तै मन्त्रीद्वयले सीमामा सूक्ष्म निगरानी राख्न र बजार अनुगमनका केन्द्रीत हुन समेत निर्देशन दिएको अर्थमन्त्रालयका सहसचिव एवं प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

राजस्वको लक्ष्यमा पुग्नका लागि टास्क फोर्स गठन गरेर कार्ययोजनाका साथ नजिता देखिने गरि काम गर्ने र अर्को बैठकमा समिक्षा गर्ने गरि बैठक सकिएको प्रवक्ता पाण्डेयले बातए ।

बैठकले गरेका निर्णयहरु कार्यान्वयनका लािग सम्बन्धीत निकायमा पठाउने उनले बताए । बैठकमा अर्थमन्त्री, गृहमन्त्री, बिभागीय प्रमुखका साथै तीनवटै सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थीति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट