२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्योगी–व्यवसायीमैत्री नरहेको कानुनहरु सुधार तथा संशोधन गर्न अध्यक्ष ढकालको आग्रह

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्तमान समयमा केही कानुनहरु उद्योगी–व्यवसायीमैत्री नरहेकाले ती कानुन सुधार तथा संशोधन गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार विराटनगरमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौँ प्रदेश सभा उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले औद्योगिक वातावरण सुधार गर्न व्यावहारिक र समयसापेक्ष कानुनी व्यवस्था आवश्यक रहेको बताएका हुन् ।

व्यवसायीहरुलाई सहज रुपमा लगानी र सञ्चालन गर्ने वातावरण नहुँदा आर्थिक गतिविधि प्रभावित हुने उनले बताए । अध्यक्ष ढकालले सरकारले औद्योगिक क्षेत्रको विकासका लागि केही अव्यवहारिक ऐनहरु विशेषगरी कालोबजारीसम्बन्धी ऐन खारेज गर्ने तयारी गरेकोमा प्रशंसा व्यक्त गरे । उनले उद्योग–व्यवसाय क्षेत्रलाई अख्तियारको दायरामा राख्ने विषयमा निजी क्षेत्रको चासो रहेको उल्लेख गर्दै सो विषयमा आंशिक रुपमा संशोधन गराउन सफल भए पनि अझै अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेकाले निरन्तर पहल आवश्यक रहेको बताए । अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबीच सहकार्य बढाउँदै उद्योगमैत्री नीति तथा कानुनी सुधार अघि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले औद्योगिक वातावरण निर्माण र अर्थतन्त्र चलायमान बनाउन राजनैतिक स्थिरता आवश्यक रहेको बेला दुई तिहाइको सरकार बनेकाले आफुहरु आशावादी भएको बताए । उनले निजी क्षेत्रको सहयोगबाट मात्र मुलुकको आर्थिक समृद्धि सम्भव भएको जिकिर गरे ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आठौं प्रदेश सभाले नया नेतृत्व चयन गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट