२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

उद्योग वाणिज्य महासंघको वस्तुगत उपाध्यक्षमा शिव घिमिरे प्यानलको उम्मेदवारी दर्ता

आइतवार , चैत्र २२, २०८२

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनका लागि वस्तुगततर्फ उपाध्यक्ष पदका उम्मेदवार शिव प्रसाद घिमिरेको समूहले उम्मेदवारी दर्ता गराएको छ । घिमिरे नेतृत्वमा रहेको १६ जनाको समूहले आज बिहान ११ः१४ बजेको समयमा शुभसाइत पारेर औपचारिक रूपमा उम्मेदवारी दर्ता गराएको हो ।

घिमिरेको समूहले वस्तुगत तर्फका सबै क्षेत्रलाई समेटेर उम्मेदवारी दर्ता गराएको छ । घिमिरेबाट वस्तुगत संघ तर्फको कार्यकारिणी सदस्यमा डेरी तथा दुग्ध पदार्थ उत्पादन र प्रशोधन क्षेत्रबाट अरनिको राज भण्डारी, पोल्ट्री व्यवसाय क्षेत्रबाट रबिन पुरी, अलैँची उत्पादन तथा निर्यात क्षेत्रबाट राज कुमार कार्की, बीउ–विजन क्षेत्रबाट वसन्त चन्द्र मरहट्टा, कृषि बजारीकरण क्षेत्रबाट सुनिता न्हेम्हाफुकी, पश्मिना उत्पादन तथा निर्यात क्षेत्रबाट धन प्रसाद लामिछाने, सौर्य ऊर्जा तथा बायोग्यास क्षेत्रबाट एव बहादुर थापा मगर, स्टक शेयर बजार क्षेत्रबाट धर्म राज सापकोटा, सिमेन्ट उत्पादन क्षेत्रबाट रघु नन्दन मारुले उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, प्लाइउड उत्पादन तथा निर्यात क्षेत्रबाट होम प्रसाद घिमिरे, फ्लोरिकल्चर (फूल खेती) उत्पादन क्षेत्रबाट राजेश भक्त श्रेष्ठ, खानेपानी उत्पादन तथा व्यवस्थापन क्षेत्रबाट ध्रुव बहादुर गौतम, टुरिजम तथा होटल व्यवसाय क्षेत्रबाट संघर्ष विष्ट, जुत्ता चप्पल उत्पादन क्षेत्रबाट नानी राज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् ।

वस्तुगत महासंघ तर्फको कार्यकारिणी सदस्यमा यातायात तथा पारवहन क्षेत्रबाट विश्वनाथ खनाल र इँटा उद्योग क्षेत्रबाट कृष्ण प्रसाद अवालले उम्मेदवारी दिएका छन् । यो समूहलाई भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको छ ।

भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन र सबै क्षेत्रको प्रतिनिधित्व भएकाले घिमिरे नेतृत्वको यो समूह चुनाव जित्नेमा ढुक्क देखिएको छ । उम्मेदवारहरूले महासंघलाई अझ प्रभावकारी, समावेशी तथा व्यवसायीमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै उद्योग–व्यवसायको विकास र निजी क्षेत्रको सुदृढीकरणका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका छन् ।

उम्मेदवारी दर्तापछि वस्तुगत समूहका उपाध्यक्ष उम्मेदवार घिमिरेले सुरक्षित निजी क्षेत्र सशक्त महासंघको अवधारणामा काम गर्ने बताए । उनले साना, ठूला, मझौला सबै व्यवसायीको घाम पानी छेक्ने वास्तविक छाता भएको महासंघ बनाउनेगरि एजेण्डाका काम गर्ने पनि उनको धारणा छ ।

उम्मेदवारी दर्तामा दुईदर्जनभन्दा बढी संघका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

भावी अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको एसोसियट तर्फको उम्मेदवारी पनि दर्ता भएको छ । उपाध्यक्षमा प्रवलजंग पाण्डेको नेतृत्वमा उम्मेदवारी दर्ता भएको छ । वर्तमान अध्यक्ष चन्द्र ढकालका छोरा सचिन ढकालले पनि पाण्डेकै समूहमा उम्मेदवारी दिएका छन् । वर्तमान अध्यक्ष ढकालको साथ घिमिरे र पाण्डे समूहलाई देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको ६०औँ साधारण सभा तथा निर्वाचन आगामी चैत २९ र ३० गते हुँदैछ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट