काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारण सभा तथा निर्वाचनलाई लक्षित गर्दै ज्योत्सना श्रेष्ठ समूहले बुधबार होटल मर्क्युरमा ‘मीट एण्ड ग्रीट’ कार्यक्रम आयोजना गरेको छ।
बैसाख २१ र २२ गते हुने तय भएको महासंघको साधारण सभा तथा निर्वाचनको पूर्वसन्ध्यामा आयोजित कार्यक्रममा समूहका उम्मेदवारहरूको औपचारिक परिचय गराइएको थियो। कार्यक्रममा उम्मेदवारहरूले आफ्नो कार्ययोजना, प्राथमिकता र प्रतिबद्धताबारे धारणा प्रस्तुत गरेका थिए।
कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत विभिन्न संघ–संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो। उपस्थित व्यवसायीहरूले महासंघलाई थप सशक्त, पारदर्शी र व्यवसायीमैत्री संस्थाका रूपमा अघि बढाउन सक्षम नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।

कार्यक्रममा समुहका उमेदवारहरु अविनास बोहोरा, अम्बिका शर्मा लामिछाने, बटु लामिछाने, बलराम सापकोटा, भरत रानाभाट, देशबन्दु बस्नेत (अजित), गोपाल खनाल, जमुना पौडेल, जश श्रेष्ठ, रामराजा श्रेष्ठ, डा. रामशरण थपलिया, राजकुमार तिमलसिना, सोभा ज्ञवाली, सन्दिप अग्रवाल (माखरिया), शैलेन्द्र गुरागाई, सुनिलनारायण श्रेष्ठ, सचिन ढकाल, ई. विनोद ढकाल तथा चन्द्र ढकाल (काभ्रे) लगायतको परीचय गराईएको थियो ।
प्रतिक्रिया दिनुहोस