काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया जारी छ ।
कार्यसमिति चयनमा सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामार्फत कार्यसमिति चयन गर्न लागिएको हो । महासंघको विद्यमान विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जान श्रेष्ठ अबको नयाँ कार्यकालका लागि महासंघको अध्यक्ष बन्ने निश्चित छ ।
महासंघको अन्य कार्यसमितिका लागि भने प्यानल नै बनाएर उम्मेदवारहरु चूनावी मैदानमा उत्रिएका छन् ।
महासंघको ७३ पदका लागि निर्वाचन भएको हो ।

प्रतिक्रिया दिनुहोस