२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

महासंघका नवनिर्वाचित अध्यक्ष श्रेष्ठलगाएत कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान

बिहिवार , बैशाख २४, २०८३

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अन्जन श्रेष्ठ लगाएत कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको छ ।

बिहीबार महासंघको सचिवालय काठमाडौंमा आयोजित कार्यक्रममाबीच महासंघको ६० औं साधारणसभा निर्वाचन समितिले अध्यक्ष लगाएत पदाधिकारी तथा कार्यकारिणी समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रमाणपत्र प्रदानपछि महासंघका निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले नव निर्वाचित अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनियताको सपथ गराएका थिए भने अध्यक्ष श्रेष्ठले अन्य पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरुलाई सपथ गराए ।

यसैबीच महासंघका अध्यक्ष श्रेष्ठले बिहीबार नै पदबहाली गरेका छन् । पदबहाली पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले व्यवसायीक वातावरण बनाउन र निजी व्यवसायीको मनोवन बढाउने काम गर्न नयाँ सरकारसंग सम्वाद सुरु भइसकेको बताए । जनतासँग क्रयशक्ति कम रहेकाले क्रयशक्ति बढाउन पूँजी परिचालन गर्नुपर्ने उनले जोड दिए ।

अध्यक्ष श्रेष्ठले बैंकमा पर्याप्त तरलता रहेपनि साना तथा मझौला व्यवसायीलाई लगानीका लागि पूँजीको अभाव रहेकाले यस्तो अवस्थालाई समाधान गर्न सरकारले पहल गर्नुपर्ने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट