२०८३, जेठ २२ गते

शुक्रवार, जेठ २२ गते २०८३

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य सम्झौता

शुक्रवार , जेठ २२, २०८३

काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास, खेलाडी तथा कर्मचारीहरूको वित्तीय सुरक्षा अभिवृद्धि तथा संस्थागत सहकार्य विस्तार गर्ने उद्देश्यले आपसी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार नेपाल पुलिस अन्तर्गतको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आबद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका विभिन्न बीमा योजनामा समेटी सेवा प्रदान गरिनेछ । 

WhatsApp Image 2026-06-05 at 4.05.17 PM.jpeg

साथै, कम्पनीले नेपाल पुलिस फुटबल क्लबलाई आर्थिक सहयोग पनि उपलब्ध गराउनेछ, जसले क्लबको खेलकुद गतिविधि, खेलाडी विकास तथा संस्थागत सुदृढीकरणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले ऐतिहासिक र गौरवशाली नेपाल पुलिस क्लबसँग सहकार्य गर्न पाउनु गर्वको विषय भएको उल्लेख गर्दै खेलाडीहरूको मनोबल उच्च राख्दै खेलकुद क्षेत्रको विकासमा योगदान दिन पाएकोमा खुसी व्यक्त गरे । उनले दुवै संस्थाबीचको सहकार्य निरन्तर रहने प्रतिबद्धता समेत जनाए ।

त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी विक्रम शाहले खेलकुद विकास र खेलाडीहरूको उन्नतिमा गरिएको सहयोगप्रति आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै यस सहकार्यले क्लबको दीर्घकालीन विकास यात्रामा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट