काठमाडौ/राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट अलग भएका महामन्त्री धवलशम्सेर राणा र मेडिकल व्यावसायी दुर्गा प्रसाई बिच नयाँ राष्ट्रबादी पार्टी गठनका लागि हस्ताक्षर भएको छ ।
राजधानीमा आयोजीत एक कार्यक्रममा राणा र प्रसाई समुहबिच विभिन्न बुदामा सयुक्त हस्ताक्षर गरेका हुन् ।
राप्रपाबाट अलग भएका राणाले दुवै पक्षबिच छलफल गरेर मलमास पछि मात्रै नयाँ पार्टीको नामकरण गरिने जानकारी दिए । केही दिन भित्र सोचेर,छलफल गरेर पार्टीको नाम र झण्डाको निर्णय गर्ने छौ राणाले भने । मेडिकल व्यावसायी प्रसाईले आफुहरु फुट्न नभएर जोडिनका लागि एकता गरेको बताए । प्रसाईको नागरिक बचाउ अभियान र राणा समुहबीच सहमती पत्रमा हस्ताक्षर भएको हो ।
प्रतिक्रिया दिनुहोस