२०८३, जेठ २६ गते

मंगलवार, जेठ २६ गते २०८३

प्रहरी चौकी जिर्ण छ,बनाउन बजेट छैन–महानिरीक्षक कार्की

सोमवार , जेठ २५, २०८३

काठमाडौं । देशभरका प्रहरी चौकीहरु जिर्ण र भत्कने अवस्थामा पुगे पनि पुननिर्माणका लागि बजेट नहुदा प्रहरीहरु जिर्ण भवनमा नै बसेर शान्ति सुरक्षामा खटिने गरेका छन् ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको र तिनको पुनर्निर्माणका लागि पर्याप्त बजेट अभाव रहेको बताएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै आईजीपी कार्कीले सीमावर्ती तथा अन्य संवेदनशील क्षेत्रमा रहेका कतिपय प्रहरी चौकी भत्किने अवस्थासम्म पुगेको बताए। उनले जीर्ण भवनकै कारण प्रहरी कर्मचारीहरू जोखिमपूर्ण वातावरणमा काम गर्न र बस्न बाध्य भएको उल्लेख गरे ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीका अनुसार देशभर २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा छन्, कतिपय चौकी यति कमजोर बनेका छन् कि त्यहाँ कार्यरत प्रहरी कर्मचारीले सुरक्षा जिम्मेवारीसँगै भवन भत्किने चिन्ता पनि सँगै बोक्नुपरेको छ । विशेषगरी सीमावर्ती र संवेदनशील क्षेत्रमा रहेका केही चौकीको अवस्था थप नाजुक रहेको छ ।

वर्षौंदेखि मर्मत नहुँदा भवनका भित्ताहरू चर्किएका छन्, छाना चुहिने समस्या छ, र कतिपय स्थानमा संरचना नै असुरक्षित बनेको छ, यस्ता चौकीमा खटिएका प्रहरी कर्मचारीहरू दिनभर सुरक्षा जिम्मेवारी पूरा गरेपछि साँझ आफ्नै कार्यस्थलको सुरक्षाबारे चिन्तित हुनुपर्ने अवस्थामा रहेको प्रहरी महानिरीक्षक दानबहादुर कार्काीले सार्वजनिक कार्यक्रममा नै पीडा व्यक्त गरे ।

आईजीपी कार्कीले राष्ट्रिय सभा अन्तर्गतको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै प्रहरी कर्मचारीलाई न्यूनतम मानवीय सुविधा उपलब्ध गराउने विषय पनि चुनौतीपूर्ण बनेको गुनासो गरे ।उनका अनुसार ड्युटी सकिएपछि आराम गर्नुपर्ने प्रहरीहरू जीर्ण भवनमै रात बिताउन बाध्य भइरहेका छन् ।

  धेरै स्थानमा अस्थायी टहरा, भाडाका भवन वा पुराना संरचनाबाटै प्रहरी सेवा सञ्चालन भइरहेको कार्कीले बताए । आईजीपी कार्कीले जीर्ण चौकीहरूको पुनर्निर्माणका लागि स्थानीय तह र संघीय सरकारबीच सहकार्य आवश्यक रहेको बताए । उनका अनुसार स्थानीय सरकारको समन्वयमा भवन निर्माण हुन सके प्रहरी कर्मचारीहरूको कार्यक्षमता र मनोबल दुवैमा सकारात्मक प्रभाव पर्ने बताए ।

भदौ २३ र २४ को जेनजी आन्दोलनमा क्षतीग्रस्त प्रहरी कार्यालयहरु अहिलेसम्म निर्माण हुन नसक्दा प्र्रहरीहरुलाई थप समस्या समेत भएको कार्कीले बताए । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट