काठमाडौं । नागरिकलाई सरकारी सेवा लिन कार्यालय–कार्यालय धाउनुपर्ने झन्झट कम गर्दै सेवा घरदैलोमै पु र् याउने उद्देश्यले हुलाक सेवा विभागले सुरु गरेको ‘सरकारी कुरियर सेवा’ ले छोटो अवधिमै उल्लेखनीय प्रगति हासिल गरेको छ ।
हुलाक सेवा भिवागले दिएको तथ्यांक अनुसार २०८३ बैशाख ३ गते बाट पहिलो चरणमा तिन जिल्लाबाट यो सेवा सुरुवात गरिएको थियो । सरकारी कुरियर सेवामार्फत हालसम्म ५४ हजार ६५३ वटा सेवा सम्बन्धी सामग्री ढुवानी गरेको छ । सबैभन्दा बढी राहादानी ढुवानी गरेको विभागले जानकारी दिएको छ ।
५६ हजार ६ सय ८३ राहादानी ढुवानी गरिएकोमा हालसम्म २ हजार ९ सय ७८ जना सेवाग्राही घरमा नै पुगेको छ । पहिलो चरणमा सिराहा,मकवानपुर र म्याग्दी जिल्लाबाट सेवा घरमा नै पु र् याउन सुरु गरेको हुलाक सेवा विभागकी प्रवत्ता सपना कुमारी भट्टराइले जानकारी दिइन ।
५ लाख ५० हजार ३२० सवारी चालक अनुमति पत्र ढुवानी भएकोमा ६ सय ८९ थान सेवाग्राहीलाई वितरण गरिएको छ । त्यस्तै २६२ थान शैक्षिक प्रमाण पत्र ढुवानी सुरु गरिएकोमा २ जनालाई मात्रै घरमा नै लगेर प्रदान गरिएको छ । प्राप्त भएका छन् भने २ हजार १८७ वटा वितरण प्रक्रिया सम्पन्न भएको हुलाक सेवा विभागकी प्रवत्ता सपना कुमारी भट्टराइले जानकारी दिइन ।
सरकारले नागरिकका लागि अत्यावश्यक कागजात तथा सेवा घरमै पु र् याउने लक्ष्यसहित सुरु गरेको यो सेवाले क्रमशः आफ्नो दायरा विस्तार गरिरहेको प्रवत्ता भट्टराईले बताइन । अहिले राहादानी सवारी चालक अनुमति पत्र,शैक्षिक प्र्र्र्र्रमाण पत्र र स्वास्थ्य प्रयोगशालाको नमुनाका सेवाहरु हुलाक मार्फत सेवाग्राहीलाई पठाइएको छ अब बिस्तारै अन्य सेवाहरु पनि सुरु गछौं प्रवत्ता भट्टराइले भनिन् ।
नेपाल टेलिकमको सेवा पनि घरमै पु र् याउने लागि समझदारीको प्रक्रिया अघि बढाइएको छ विभागका अनुसार सरकारी कुरियर सेवा केवल कागजात ढुवानीमा सीमित नरही नागरिक र सरकारी निकायबीचको दूरी घटाउने माध्यमका रूपमा विकास भइरहेको दाबी भट्टराइले गरिन । हाल ६२ जिल्लामा सरकाी सेवा घरमा नै पु र् याउने अभियानको सुरुवात गरिएको छ । काठमाडौ लगायत अन्य दुर्गमाका जिल्लाह्रमा समेत यो अभियान सुरु भएको विभागले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस