२०८३, आषाढ १९ गते

शुक्रवार, आषाढ १९ गते २०८३

महालक्ष्मी विकास बैंकद्धारा ५ जना विद्यार्थीलाई महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति वितरण

शुक्रवार , आषाढ १९, २०८३

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले सरल, सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५ जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । 

महालक्ष्मी विकास बैंकमा विभिन्न समयमा एकीकृत भएका संस्थाहरुको संस्थापक अध्यक्ष स्व. लक्ष्मण बाबु श्रेष्ठ, स्व. हरि प्रसाद गिरि, स्व.अशोक श्रेष्ठ, स्व. नवराज बहादुर सिंह तथा स्व. सीताराम प्रसाईकोको स्मृतिमा स्थापित छात्रवृत्ति सामुदायिक विद्यालयमा अध्ययनरत जेहेन्दार, विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्याउने उद्धेश्यका साथ प्रति विद्यार्थी रु. ५० हजार बराबरको रकम छात्रवृत्तिको रुपमा प्रदान गरिएको हो ।

स्व. लक्ष्मण बाबु श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति नन्दी माध्यमिक विद्यालय, नक्साल, काठमाडौ कक्षा ९ मा अध्ययनरत छात्र विपिन बुढालाई एक कार्यक्रमका बीच स्व. श्रेष्ठका छोरा राजेश बाबु श्रेष्ठ तथा बैंकका प्रमुख कार्यकारी अधिकृतले संयुक्त रुपमा विद्यालयका प्रधानध्यापक गिता काफ्लेमार्फत प्रदान गरिएको छ । 

साथै स्व. हरि प्रसाद गिरि महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, भवानीपुर विरगंज–०८, पर्सामा अध्ययनरत छात्रा अनिशा शाहलाई बैंकका सञ्चालक श्याम सु्न्दर रुंगटामार्फत प्रदान गरिएको छ । स्व. नवराज बहादुर सिंह महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री सारदा माध्यमिक विद्यालय, धनगढी, कैलालीमा कक्षा ९ मा अध्ययनरत छात्रा गुञ्जन सुनारलाई बैंकका सञ्चालक सागर मल्लमार्फत प्रदान गरिएको छ । 

त्यसैगरी, स्व. अशोक श्रेष्ठ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री अमर माध्यमिक विद्यालय, हेटौडा, मकवानपुरमा कक्षा ९ मा अध्ययनरत छात्रा सुमिना लामिछानेलाई बैंकका बागमती ख प्रदेश प्रमुखमार्फत प्रदान गरिएको छ भने स्व. सीताराम प्रसाइ महालक्ष्मी जेहेन्दार विद्यार्थी छात्रवृत्ति श्री सिताराम सामुदायिक अंग्रजी विद्यालय, मेचीनगर १४, झापामा अध्ययनरत छात्रा मुस्कान खातुनलाई गत पुस महिनामा नै प्रदान गरिएको हो । 

बैंकले यस प्रकारको सस्ंथागत सामाजिक उत्तरदायित्वको कार्यक्रमबाट विद्यार्थीहरुलाई आर्थिक अभावकै कारण अध्ययनमा वञ्चित हुनुपर्ने बाध्यता हट्ने विश्वास लिएको जनाएको छ । 

“सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत ३२ वर्ष देखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर करिब ८ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट