२०८३, आषाढ २० गते

शनिवार, आषाढ २० गते २०८३

घरमै पुग्न थाल्यो सरकारी सेवा, एक महिनामै ६,९२३ राहदानी वितरण

शनिवार , आषाढ २०, २०८३

काठमाडौं  / सरकारी सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्‍याउने अभियानले गति लिन थालेको छ। अभियान सुरु भएको करिब एक महिनामै ६ हजार ९२३ थान राहदानी हुलाकमार्फत सम्बन्धित सेवाग्राहीको घरमै पु र्‍याइएको छ। सरकारको यो कदमले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने बाध्यता घटाउन थालेको छ।

हुलाक सेवा विभागले जिल्ला प्रशासन कार्यालयहरूसँगको सहकार्यमा राहदानी वितरणको नयाँ प्रणाली लागू गरेपछि अधिकांश जिल्लामा सेवा सञ्चालनमा आइसकेको छ। हाल हुम्ला र भोजपुर बाहेक ७५ जिल्लामा सम्झौता सम्पन्न भइसकेको विभागले जनाएको छ। बाँकी दुई जिल्लामा पनि आवश्यक प्रक्रिया अन्तिम चरणमा पुगेको छ।

राहदानीसँगै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत हुलाकमार्फत घरमै पु र्‍याउने व्यवस्था विस्तार गरिएको छ। विभागका अनुसार हालसम्म ८ लाख ८० हजार ४४ थान लाइसेन्स गोश्वार हुलाक कार्यालयमार्फत सातै प्रदेशका यातायात कार्यालयमा ढुवानी गरिएको छ। त्यसमध्ये १ हजार ९३ थान लाइसेन्स कास्की, मोरङ, बाँके, पर्सा, सुनसरी, कालिकोट, बझाङलगायत जिल्लाका सेवाग्राहीको घरमै पुर्‍याइसकिएको छ।

हुलाक सेवा विभागले राहदानी र लाइसेन्समा मात्रै सेवा सीमित नराखी अन्य सरकारी निकायका सामग्रीसमेत ढुवानी गरिरहेको छ। विभागका अनुसार स्वास्थ्य बीमा बोर्डका सामग्री, प्रयोगशालाका नमुना, नेपाल टेलिकमका सिमकार्ड लगायतका सामग्री नियमित रूपमा हुलाकमार्फत गन्तव्यसम्म पु र्‍याइँदै आएको छ।

विभागले हाल २१ प्रकारका सरकारी कागजात तथा सामग्री सुरक्षित रूपमा सम्बन्धित व्यक्ति वा संस्थासम्म पु¥याउने सेवा सञ्चालन गरिरहेको जनाएको छ। डिजिटल प्रविधिसँगै परम्परागत हुलाक सेवाको आधुनिकीकरण गर्दै नागरिकलाई सहज, छिटो र झन्झटमुक्त सेवा दिने सरकारी रणनीतिअनुसार यो अभियान अघि बढाइएको हो।

सरकारले सार्वजनिक सेवामा पहुँच विस्तार र सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्यसहित सुरु गरेको यो अभियान आगामी दिनमा अन्य सरकारी सेवामा समेत विस्तार गर्ने तयारी गरिएको हुलाक सेवा विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट